सुर्खेतमा घरेलु तथा साना उद्योग दर्ता हुने संख्या घट्दो

कार्यविधि विशेष संवाददाता

देशको अर्थतन्त्रमा आएको तरलताको असरले गर्दा  सुर्खेतमा  घरेलु तथा साना उद्योग दर्ता हुने क्रम घटेको छ ।

उद्याेग तथा उपभाेक्ता हक संरक्षण निर्देशनालय सुर्खेतमा चालु आर्थिक वर्षकाे वैशाख सम्ममा अघिल्ला वर्षभन्दा कम उद्योग दर्ता भएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ भन्दा चालु  आर्थिक वर्षकाे वैशाख सम्ममा घरेलु तथा साना उद्योग दर्ता  गर्नेकाे संख्या  घटेका छन् ।

कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आर्थिक वर्षकाे वैशाख सम्ममा  एक हजार २ सय ९९  उद्योग दर्ता भएका थिए । याे  वर्षकाे वैशाख सम्ममा यो सङ्ख्या  ७ सय ३९ मा झरेको छ ।

उद्योगको प्रकृति अनुसार कार्यालयले आठ वटा शीर्षकमा उद्योग दर्ता गर्ने गरेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी कृषि तथा वनपैदावर उद्योग ७०९,  सेवामूलक ४ सय ७६ , उत्पादनमूलक ११२ वटा र निर्माणमूलक उद्योगममा दुई वटा दर्ता भएका थिए  ।

उक्त आर्थिक वर्षमा पर्यटनमूलक,  ऊर्जामूलक,   खनिजजन्य  तथा  सूचना प्रशारण तथा संचार प्रविधिमा आधारित उद्योग कुनै पनि दर्ता भएका छैनन ।

यसैगरी यस  आर्थिक वर्षकाे वैशाख सम्ममा  सबैभन्दा बढी सेवामूलक उद्योग  ३७१  दर्ता भएका छन्  । यस्तै कृषि तथा वनजन्य उद्योग ३१४ व उत्पादनमूलक  ५३ र   पर्यटनमूलकमा दुई वटा  दर्ता भएका  छन्  भने ऊर्जामूलक, खनिजजन्य , निमार्णमूलक र सूचना प्रशारण तथा संचार प्रविधिमा आधारित  उद्योग कुनै पनि दर्ता भएका छैन्न  ।

कार्यालयका प्रमुख मुकुन्दनाथ याेगीले बैंकले ऋण नदिँदा, उत्पादित सामग्री बिक्री गर्न नसक्दा, जनशक्ति अभाव तथा आधुनिक तरिकाले व्यवसाय गर्न नसक्दा उद्योग दर्ता गर्ने सङ्ख्या ठप्प जस्तै भएकाले उक्त सङ्ख्यामा कमी आएको  बताए  । उहाँले भन्नुभयो, “ अर्थतन्त्रमा देखिएको असरले नीजि क्षेत्रबाट संचालित साना तथा घरेलु उद्योग व्यवसाय प्रभावित हुँदै गएका छन् । ”

नवउद्यमीमा अन्योल र अनिश्चितता बढेका कारण पनि उद्योग दर्ता गर्नेको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ । उद्योग दर्ता घटेपछि राजश्व सङ्कलन पनि घटेको छ ।