कञ्चनपुरबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्लाफाँटा नगरपालिका १० बस्ने १८ प्रविन भन्ने ओमप्रकाश ओली र वडा नम्बर ११ बस्ने १७ वर्षीय राजु बोहोरालाई शंकाका आधारमा जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
निजहरकाे साथबाट ० दशमलव ५४० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको हाे ।
कार्यविधि संवाददाता । १८ चैत्र २०७९, शनिबार २१:१० बजे