गतराति ७:३० बजेकाे समयमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक सुनचाँदी व्यवसायी घाइते भएका छन् ।
प्रहरीका अनुसार सुस्ता गाउँपालिका–१ बरुवा नवलपरासीकाका न्यू धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्दै आएका ६५ वर्षीय गजेन्द्र विश्कर्मामाथि गोली प्रहार भएको हो ।
विश्वकर्मा पसल बन्द गरेर बर्दघाट नगरपालिका–४ देविनगरमा रहेको घरमा लु.४८ प ७४३५ नम्बरको स्कुटीबाट फर्कंदै थिए ।
उनीमाथि बर्दघाट नगरपालिका–१६ को चोर गोला पुल नजिक गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिए ।
तत्काल उपचारका लागि चिसापानी अस्पतालमा लगिएको थियो ।
अहिले उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डिएसपी बोहराले जानकारी दिए । गोली प्रहार गर्ने व्यक्ति हालसम्म पक्राउ नपरेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कार्यविधि संवाददाता । २१ माघ २०८०, आईतवार ०९:१० बजे