विद्यालय सुधार्न नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ ।
फिदिम नगरपालिकाका १४ वटै वडामा रहेका २० माध्यमिक विद्यालयलाई सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाइएको हो ।
प्रत्येक विद्यालयमा चार वटाका दरले क्यामेरा जडान गरिएको नगरपालिका प्रशासनले जनाएको छ ।
माध्यमिक विद्यालयमा जडित क्यामेराको निगरानी भने नगरपालिकाबाट गर्न मिल्ने व्यवस्था मिलाइएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।
प्रमुख काफ्लेका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको रु ८ लाख ८५ हजार बजेटबाट सिसी क्यामेरा जडान गरिएको हो ।
जिल्लाको एक चौथाइ बढी जनसङ्ख्याको बसोबास रहेको फिदिममा २० माध्यमिकसहित कूल ७९ सामुदायिक विद्यालय छन् । सबै सामुदायिक विद्यालयमा विद्युत्, इन्टरनेट र ई–हाजिरीको व्यवस्था गरिएको शिक्षा महाशाखा कार्यालयले जनाएकाे छ।
कार्यविधि संवाददाता । १६ फाल्गुन २०८०, बुधबार १६:०६ बजे