पाँचवटा अस्पताल बन्द गर्न मुख्यमन्त्रीकाे निर्देशन

सेवा सञ्चालन अनुमति नलिएका ५ वटा अस्पताललाई बन्द गर्न मुख्यमन्त्रीले  निर्देशन दिएका छन्।

अनुगमन गरेका मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले महोत्तरीको बर्दिबास रहेका पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन्।

बर्दिबासमा सञ्चालित पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एण्ड डेन्टल क्लिनिक , ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिकलाई बन्द गर्न निर्देशन दिएका हुन्।

सेवा सञ्चालन अनुमतिपत्र बिनै सञ्चालनमा रहेका अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिँदै मुख्यमन्त्री सिंहले विधि र प्रक्रियाअनुसार मापदण्ड पूरा गरी अस्पताल सञ्चालन गर्न सुझाव दिएका छन्।

यसैगरी अनुगमन क्रममा बर्दिवास स्थित महेन्द्र डेन्टल क्लिनिकले सेवा सञ्चालन स्वीकृति लिएको पाइएको छ। सेवा सञ्चालन अनुमति लिएको जनसेवा हस्पिटल र डिएनबि मेडिकेयर सेन्टरलाई नवीकरण गराउन मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्।