नेकपा एमाले माधव नेपाल गुटले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ ।
यस्तै चुनाव चिन्ह ‘खुला किताब’ राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताएका छन् ।
उनले भने,– ‘यो अभियान अघि बढ्यो , इमान्दार, नैतिकवान, आदर्श कम्युनिष्टहरुको संगठन आज जन्मँदैछ ।नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भनेअनुसार ,न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उल्लेख गरे ।उनले आज डराएकाहरु भोली पार्टीमा सहभागी हुने, आज पार्टी निर्माण गलत लाग्नेलाई भोली सहि लाग्ने बताए । अरु मान्छेहरु बिस्तारै यसमा समावेश हुँदै जानेछन् ।’
यतिबेला नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल समूहको तर्फबाट नयाँ पार्टी दर्ताका लागि हस्ताक्षर संकलनको काम भइरहेको ।
कार्यविधि संवाददाता । २ भाद्र २०७८, बुधबार १५:२३ बजे