इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७–० ले पराजित गरेको छ ।
चेल्सीका लागि मासन माउन्टले ह्याट्रिक गरे । उनले ८, ८५ र इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा गोल गरेका हुन् । उनले दोस्रो गोल पेनाल्टी मार्फत गरेका हुन् ।
यस्तै १८ औँ मिनेटमा हड्सन–ओडोइ, ४२ औँ मिनेटमा रीस जेम्स र बेन चिल्वेलले गोल गरेका हुन् । ६२ औँ मिनेटमा नर्विचका आरोन्सले आत्मघाती गोल गरे ।
६५ औँ मिनेटमा विब्सन दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नर्विच १० खेलाडीमा सीमित भएको थियो । जितपछि शीर्ष स्थानको चेल्सीको ९ खेलबाट २२ अंक भएको छ ।
शनिबार राति भएका अरु खेलमा वाट्फोर्डले एभर्टनलाई ५–२ ले पराजित गर्दा क्रिष्टल प्यालेस र न्यूक्यासल तथा लीड्स र वुल्भ्सले १–१ तथा साउथह्याम्पटन र बर्नलीले २–२ को बराबरी खेलेका छन् ।
कार्यविधि संवाददाता । ७ कार्तिक २०७८, आईतवार ०८:२५ बजे