सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दुई सयबढी राप्रपा प्रवेश गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नं ९ लाटीकाेइली डाँडामा शनिबार आयोजना भएको पार्टीको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा दुई सय बढी नेपाली कांग्रेस, नेकपा एमाले र माआेवादी केन्द्र परित्याग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकाे केन्द्रिय सदस्य जनक सिंहले बताएका छन् ।
त्यस्तै, म वि स २०४३ सालमा प्रधानपंचक हुँदा १५ हजार बजेटले विकास गरेकाे लाटीकाेइलीलाई जुन अवस्थामा छाेडेकाे थिए ।आज १ कराेड बजेट हुँदा पनि त्यहीँ अवस्थामा रहेकाे पार्टी केन्द्रिय उपाध्यक्ष मुकुन्द श्याम गिरीले बताएका छन् । देशभरी राप्रपा प्रवेश गर्नेकाे लहर चलेकाे छ । यस अघि वडा नं ९ लाटीकाेइली नेपाली कांग्रेस र नेकपा एमालेकाे बलियाे किल्ला थियाे ।
कार्यविधि संवाददाता । २६ चैत्र २०७८, शनिबार २०:५९ बजे