सुर्खेतमा अस्पताल लैजाने क्रममा गर्भपति महिलाकाे मृत्यु

शुक्रबार  सुर्खेतमा एक गर्भवती महिलाको मृत्यु भएको छ । स्वास्थ्य चाैकी लाटीकाेइली वीरेन्द्रनगर -९ बाट प्रदेश अस्पताल सुर्खेतमा  लैजाने   क्रममा मृत्यु भएको हो ।

वीरेन्द्र नगरपालिका– ९ की २७ वर्षीया गर्भवती  अस्मिता जैसी  स्वास्थ्य चाैकीमा   पुस  ८ गते राती  बच्चा जन्माउन आएकी थिइन् । उनको बच्चाकाे हेड  देखेपछि स्वास्थ्य चाैकी  कार्यालयले आधा घण्टा राखेर प्रदेश अस्पताल सुर्खेतमा रिफर गरेको स्वास्थ्य चाैकी प्रमुख नरेश्वरी शाहीले बताइन ।

‘स्वास्थ्यकर्मिकाे चरम लापरबाहीले गर्भवति महिलाकाे मृत्यु भएकाे छ।उपचारकाे क्रममा हातबाट सलाइन क्यानल किन निकालेकाे हाे ? ,’ एक स्थानीयले  भने ।

त्यस्तै  प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले  गर्भवति महिलाकाे पाठेघर फुटेर मृत्यु भएकाे बुझिएकाे बताए ।