वीरेन्द्रनगर नगरपालिका -८ स्थित एक युवतिकाे शव बेवारिसे अवस्थामा फेला परेको छ। मध्यपश्चिम विश्व विद्यालयकाे ब्यवस्थापन संकाय भवनकाे तल्लाे बरणडामा नामथर ठेगाना नखुलेको करिब २८/२९ वर्षीय युवतीको शव वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।
‘गत साेमवार अन्दाजी १४;३० बजेको समयमा कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए, जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी एवं डिएस्पी सुरज कार्किले भने, ‘ प्रहरी घटनास्थल पुग्दा उनको शव उत्तानो परेको गहुँगोरो, उचाई ५’.२” ईन्च भएको, पातलो शरिर,माथिल्लो शरिरमा पँहेलो रङको टिसर्ट ,तल्लो भागमा रातो रङको बुट्टेदार अलादिन बायाँ हातको औँलामा २ दुई वटा पित्तलको जस्तो औँठी , बायाँ हातमा कालो रङको लेडिज घडी , दाईने हातमा रातो रँगको चुरा , घाँटीमा माला , निलो रङको रातो बुट्टा भएको सल र दुबै खुट्टामा खैरो रङको चप्पल रहेको ।
शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतको शव गृहमा राखिएको छ। अस्पतालका अनुसार शवको पहिचान हुन नसकेकाले पोष्टमार्टम हुन सकेको छैन्।
कार्यविधि संवाददाता । १४ भाद्र २०७९, मंगलवार ०९:२९ बजे