धादिङको नीलकण्ठ नगरपालिका-१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु भएको छ। अन्य सात जना घाइते भएका छन्।
कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए। मृत्यु भएका पुरुषको सनाखत भएको छैन।
दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए। घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेको छ भने दुईको अवस्था सामान्य छ।
कार्यविधि संवाददाता । १५ आश्विन २०७९, शनिबार १४:५० बजे