नेपालमा आगामी पुसमा बाघ गणना

  नेपालमा  आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो।

बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ। गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो। यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट विनियोजन गरेको छ ।

हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ। विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो। एकसिंगे गैँडा गणना चैत महिनामा गर्ने जनाइएको छ। गैँडा गणना गर्न तीन साता लाग्छ। निर्वाचन हुने भएकाले गैँडा गणनाका विषय भने अन्योल छ।