सदरमुकाम वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बस्ने ४० बर्षीय भीम बहादुर चाैधरीकाे करेन्ट लागेर शुक्रवार मृत्यु भएको प्रहरीले बताएकाे छ ।
आफ्नो घरकाे छतमा टिन मिलाउने क्रममा बत्तीकाे करेन्ट लागेका उनलाई उपचारको लागि प्रदेश अस्तपाल सुर्खेतमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज कार्कीले जानकारी दिएका छन् । उनी नेपाल शसस्त्र प्रहरीका निवृत्त कर्मचारीह हुन् ।
मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
कार्यविधि संवाददाता । १७ मंसिर २०७९, शनिबार ०७:५४ बजे