मोन्चेनग्लाडबाकसँग ५-० ले हार्दै बायर्न जर्मन कपबाट बाहिरियो

काठमाडौं । बायर्न म्युनिखले सन् १९७८ यताकै सबैभन्दा ठूलो हार बेहोर्ने क्रममा जर्मन कपको दोस्रो चरणमा बोरुसिया मोन्चेनग्लाडसँग ५-० को पराकिलो अन्तरले पराजित भएको छ ।

सर्वाधिक २० पटक च्याम्पियन बायर्नको जर्मन कपमा यो सबैभन्दा फराकिलो हार हो । हारपछि बायर्न दोस्रो चरणबाटै बाहिरिँदा मोन्चेनग्लाडबाक अन्तिम १६ मा प्रवेश गरेको छ ।

मोन्चेनग्लाडबाको जितमा ब्रिल एम्बोलो र रामी बेन्सबाइनीले दुई/दुई गोल गरे भने काउडिया कोनले एक गोल गरे ।

हारपछि बायर्नका स्पोर्टिङ डिरेक्टर तथा पूर्व खेलाडी हासन सालीहामिडिकले आफू स्तब्ध रहेको प्रतिक्रिया दिए ।

कोभिड-१९ पोजेटिभ भएका बायर्नका प्रशिक्षक युलियन नाइगलसम्यान सेल्फ आइसोलेसनमा थिए ।

बायर्नले पाँच गोल अन्तरले खेल हारेको ४३ वर्षपछि यो पहिलो हो । १९७८ मा बायर्न बुण्डेसलिगामा फर्चुना डुसेलडर्फसँग ७-२ ले पराजित भएको थियो ।

बायर्नको फराकिलो हार भने सन् १९७६ मा लिगमा साल्केसँग ७-० को हार थियो ।