भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा पनि छलफल चलेकाे छ ।
लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन् । फैसलाबाट पदमुक्त भएका लामिछानेले सोही दिन राजीनामा बुझाएका थिए
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय एक स्राेतले जानकारी दिएकाे छ ।
साथै पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ ।
कार्यविधि संवाददाता । १५ माघ २०७९, आईतवार २१:४७ बजे