माघ १६ गते मंगरबार (आज) देखि सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुँदै आएका सरकारी कार्यालय दिन लामिएसँगै १ घण्टा ढिलाे बन्द हुन लागेका हुन् ।
सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म विहान १० देखि अपराह्न ४ बजेसम्म कार्यालय खुल्ने समय तोकेको थियो।
शुक्रवार बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ। सरकारले दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ।
कार्यविधि संवाददाता । १६ माघ २०८०, मंगलवार ०७:३९ बजे