प्रहरीले पिन्सिपल र दुईजना होस्टेल वार्डेनसहित तीनजनालाई लाई पक्राउ गरेको छ ।
काठमाडौँको नयाँ बजारस्थित इन्टरनल लाइट पब्लिक स्कुलकामा जेठ १७ मा त्यहाँ अध्ययनरत छात्र धादिङ घर भएका ११ वर्षीय अभिषेक तामाङ स्कुलको छात्रवासमा मृत भेटिएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालका अनुसार घटनाको अनुसन्धानका लागि प्रिन्सिपल दिर्घराज दाहाल र दुईजना होस्टल वार्डेनलाई पक्राउ गरिएको छ। पीडितका परिवारले प्रिन्सीपल र वार्डेनविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् ।
जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको एसपी रिजालले बताए । प्रहरीले अरोपीहरुविरुद्ध जिल्ला अदालतमा सोमबार म्याद लिएको छ । अभिषेक डबल टेकर बेडमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
५ कक्षामा अध्ययनरत अभिषेकको मृत्यु शंकास्पद भन्दै आफन्तले ढुंगामुढा गर्दै प्रदर्शन गरेका हुन् ।
गत शुक्रबार पीडित परिवार र प्रहरीको बिचमा शव पोष्टमार्टम गर्ने सहमति भएको एसपी रिजालले बताए । शव परीक्षण रिपोर्ट आउन केही दिन लाग्न सक्ने छ ।
कार्यविधि संवाददाता । २२ जेष्ठ २०८०, सोमबार २१:५९ बजे