वीरेन्द्रनगरमा धानकाे बीउमा धाँजा फाट्याे

सुर्खेतकाे वीरेन्द्रनगर-१० मा  खडेरीले धाँजा फाटेको धानको ब्याड । यस क्षेत्रमा विगतका वर्षमा जेठको अन्तिम सातादेखि धान रोपाइँ गर्ने किसानले यो वर्ष आकाशे पानी नपरेर अहिलेसम्म धेरै स्थानमा धानकाे  ब्याड राख्न सकेका छैनन् । अत्यधिक गर्मीका कारण धानको ब्याड सुकेर धाँजा फाट्दा  बिउ राम्रोसँग हुर्किन नपाएकाे स्थानीय बासिन्दाको भनाइ छ । तस्बिर : भीम प्रसाद शर्मा / कास