सुर्खेतका एक युवाकाे दक्षिण काेरियामा मृत्यु

सुनौलो सपना बोकेर दक्षिण कोरिया आएका अमरको सपना कोरियामै टुटेको छ।

काेरियामा एक युवाकाे  सुतेको ठाउँमा अचेत भई निधन भएको छ । शनिवार  बिहान ३ बजे सुर्खेतकाे वीरेन्द्रनगर -१०  घुश्रा  निवासी अमर बुढा मगरकाे  काेरियामा  निधन भएको हाे ।

राति  सुतेको समयमा एक्कासि बेहाेस हुदा अस्पताल लगे पछि उनको निधन भएको हाे ।

हृदयाघातकै कारणले निधन भएको हाे कि के हाे रिपोर्ट आएपछि थाहा हुने उनका साथीहरूले बताएका छन । उनको शव हाल काेरियाकाे एक  अस्पतालमा राखिएको छ ।

भाषा परीक्षा मार्फत दक्षिण काेरिया पुगेका उनी विगत ९ महिना  देखि काेरियाकाे मार्बल कम्पनीमा कार्यरत  थिए ।  अमरकाे घरमा श्रीमती  दुई  छाेराछाेरी बुढा आमा र बा  छन ।

घटनाले मर्माहत भएको र बाँकी प्रकृयाकाे लागि सबैसँग समन्वय गरिने कर्णाली प्रदेश समाज दक्षिण काेरियाले  जनाएकाे  छ ।