कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षका छोरा प्रकाउ

कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षका छोरा प्रकाउ परेका छन् ।

बाजुराको बुढीगंगा नगरपालिका-७ का वडाध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसीलाई प्रहरीले प्रकाउ गरेकाे  छ ।

बिहीबार योजनाको भुक्तानीबारे विवाद हुँदा कर्मचारीमाथि हातपात र गालीगलौज गरेको आरोपमा केसीलाई प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख (डिएसपी) कवीन्द्र बोहराले बताए।

प्रमुख बोहराका अनुसार हातपात भएको नभएकाे , गालीगलौज चाहिँ भएको देखिन्छ त्यो पनि दोहोरो भाछ । हामीले एक जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरेका छाै‌ं।

उता प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले भने , ‘ केसीले बिहीबार दिउँसो नगरपालिकामा नाथसहित र इन्जिनियर उपेन्द्र साउदलगायतका कर्मचारीमाथि हातपात तथा गालीगलौज गरेका हुन् ।’ ‘ केसीले सुरु नै नभएको योजनाको भुक्तानी दिनुपर्ने, योजनाको स्टमेट परिवर्तन गरिदिनु पर्ने भनेपछि विवाद भएको ,‘उनको भनाई छ ।

त्यस्तै नेपाल  निजामती कर्मचारी सङ्गठन बाजुराले विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि हातपात गर्नेमाथि आवश्यक  कारबाही गर्न माग गरेको छ।