आज राति पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको छ।
मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
न्यून चापीय प्रणाली क्रमशः भारतको बिहारबाट नेपालतर्फ सरेकाले भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले बताए ।
सोमबारसम्म मनसुन सक्रिय हुने उहाँको भनाइ छ। धेरै वर्षा हुने भएकाले बाढी तथा पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउन मौसमविद् झाकाे आग्रह छ। स–साना नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन उहाँको आग्रह छ।
कार्यविधि संवाददाता । २७ श्रावण २०८०, शनिबार १८:४३ बजे