जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा, नाै जना भारतीय कामदार गम्भीर घाइते

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा नाै जना  भारतीय कामदार गम्भीर घाइते भएका छन् ।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाँचिदा नाै जना कामदार गम्भीर घाइते भएका हुन् ।

उनीहरू भारतीय कामदार भएकाले  परिचय खुल्न नसकेको र प्रहरी  घटनास्थलमा पुगेर नाै जनालाई नै उद्धार गरी  उपचारका लागि नलगाड अस्पताल जाजरकाेटमा पठाएकाे   प्रहरी निरिक्षक विक्रम सुवेदीले जानकारी दिएका छन्  । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी काेरीडोरमा पर्छ ।