वीरेन्द्रनगरमा गत शनिबार बिहान मोटरसाइकलले ठक्कर दिएर फरार मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
नियन्त्रणमा लिएका चालक गुर्भाकाेट नगरपालिका -१४ गुमी सुर्खेतका ३१ वर्षिय अर्जुन पुन रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरिक्षक तथा सूचना अधिकारी लक्ष्मण बहादुर शाहीले बताए ।
शनिबार वीरेन्द्रनगरस्थित यरिचोक–मूलपानी सडकअन्तर्गत गोकुल कटेजनजिकै मोटरसाइकलले ठक्कर दिँदा दैलेख आठबीस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका ५ वर्षीय टुकदर्शन गिरीको मृत्यु थियाे ।
प्रहरी अधिकारीका अनुसार हाल वीरेन्द्रनगर–३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्ने ती बालक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा कर्णाली कियर अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका थिए । मोटरसाइकल नम्बर नखुलेकाले पुनकाे खोजीका लागि प्रहरी परिचालन भएकाे थियाे ।
हिजै देखि ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै पीडित परिवार तथा स्थानीयले वीरेन्द्रनगरका विभिन्न चोकमा टायर बालेर सडक बन्द गराएका थिए ।
कार्यविधि संवाददाता । १४ आश्विन २०८०, आईतवार १७:५५ बजे