पन्ध्र हजार रुपैयाँ घुस माग्ने लेखापाल पक्राउ

मंगलबार पन्ध्र हजार रुपैयाँ  घुससहित एक जना लेखापाल पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्वा ( लेखापाल ) प्रमोद निरौला रहेका  छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगककाे टाेलिले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा  निरौलालाई पक्राउ गरेको हो ।
उनले सेवाग्राहीबाट पन्ध्र हजार रुपैयाँ घुस लिइसकेको र उनको साथबाट श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसमेत बरामद भएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।