एमाले राष्ट्रिय महिला भेलाको सम्पूर्ण तयारी पूरा

एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा हुने पहिलो राष्ट्रिय महिला भेलाको तयारी पुरा भएको छ ।

जेठ १६ र १७ काठमाडौंमा महिला भेलाको आयोजना हुँदैछ । भेलाको उद्घाटन जेठ १६ गते १ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ ।

आइतबार काठमाडौंमा आयोजना गरिएको  पत्रकार  सम्मेलन मार्फत एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता एमाले अध्यक्ष केपी शर्मा ओली रहने जानकारी दिएका छन्  ।

भेलाको व्यवस्थापनका लागि अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरु, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी हुने नेकपा (एमाले) केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिए।

भेलामा पाँच हजार जनाकाे सहभमगी हुने छ । समापन कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा हुनेछ ।