विप्लवका युवाहरुद्धारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

गत बुधवार , विप्लव नेतृत्वको नेकपाको भार्ति सङ्गठन, युवा सङ्गठन नेपालले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

नेकपा र सरकार बिचमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न र जेलमा बन्दी जीवन बिताइरहेका पार्टीका नेता/कार्यकर्ताहरूको यथाशीघ्र रिहाईको लागी धर्ना सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो ।

युवा सङ्गठन नेपाल, बाँकेका अध्यक्ष दिपक बुढाथोकी अनुशार , मातृ पार्टी नेकपा नेकपा सँग गरिएको तीन सहमती कार्यान्वयन गर्न माग गर्दै देशैभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम अनरुप बुधबार जिल्ला प्रशासन कार्यालयमा  एक घण्टा धर्ना दिएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हाे ।

त्यस्तै सङ्गठनको भेरी-कर्णाली ब्युरोले केन्द्रीय कार्यक्रम अनुरुप सरकारलाई मातृ पार्टीसँगको ३ बुँदे सहमति लागू गर्न दबाब दिने उद्देश्य सहित आफ्नो ब्युरो अन्तर्गतका बाँके, बर्दिया, कालिकोट, सुर्खेत, जाजरकोट, मुगु लगायतका सबै जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना कार्यक्रम सम्पन्न गरी सबै जिल्लाहरूका जिल्ला प्रशासन कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाइएको ब्युरो इन्चार्ज विष्णु अद्वितीय ‘दीप’ले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयहरूमा तत्कालीन केपि नेतृत्वको सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति हालसम्म पनि पुर्ण रुपमा कार्यान्वयन नभएको; र उक्त सहमति कार्यान्वयन गर्न र जेलमा बन्दी जीवन बिताइरहेका पार्टीका नेता/कार्यकर्ताहरूको यथाशीघ्र रिहाईका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोधार्थ हुने गरी ज्ञापनपत्र बुझाइएको अध्यक्ष बुढाथोकीले  जानकारी दिए ।