वीरेन्द्रनगर शहरमा सरसफाइ अभियान शुरु

सुर्खेत वीरेन्द्र नगरपनलिकामा ६ महिने शहर सरसफाइ अभियान अाज शुक्रबार देखि शुरु भएको छ ।
शहरकेन्द्रित संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम,फिल्ड कार्यालय ,सुर्खेत र वीरेन्द्र नगरपालिका ,सुर्खेतको सहयोग र अन्तरनिर्भर समाज सुर्खेतको आयोजनामा ६ महिने सरसफाइ अभियान वीरेन्द्रनगर शहरमा शुरु भएको अन्तरनिर्भर समाज सुर्खेतले जनाएको छ ।

शहरका पार्क ,घरका आँगन, गल्ली ,चोक, धार्मिक स्थल ,पर्यटकीय स्थल, सडक ,कार्यालय र विद्यालय लगायतका स्थानहरुमा थुप्रिएका फोहर मैला व्यवस्थापनका साथै विरुवा गोडमेल कार्यक्रम ६ महिना निरन्तर रहेको अन्तरनिर्भर समाज सुर्खेतका कार्यकारी व्यवस्थापक विवेक शाहीले बताएका छन् ।

व्यवस्थापक शाही भन्छन् ,‘शहरमा हरित पुर्नउत्थान प्रवद्र्धन गर्न र फोहोर मैला वर्गिकरण गरी विसर्जन गर्ने जुन अभियान शुरु भएको छ । ६ महिना पछि मानिसहरुले आफ्नो वरपरको फोहर आफै सफा गर्ने चेतना फैलिने छ, जसले व्यक्ति ,परिवार ,समाज र शहर नै स्वस्थ बनाउने छ । ’
त्यस्तै मेचि महाकाली तथा बागमति अभियन्ता चक्र बहादुर चन्दका अनुशार , छ महिनाको हरित पुर्नउत्थान प्रवद्र्धन र सरसफाई अभियानको चेतनाले वीरेन्द्र नगर शहर नै हरियाली र चम्किलो हुने बताए ।