सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदी–भाइको ज्यान लिएकाे छ ।
सर्पले टाेकेर नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ वर्षीया सुनिता मण्डल र उहाँका भाइ नाै वर्षीय कृष्णको ज्यान गएकाे प्रहरीले जनाएको छ ।
घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरूलाई अस्पताल लगिएको थियो । सुनिताको उपचारका क्रममा सिरहाकाे लहानमा रहेकाे रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा ज्यान गएकाे र कृष्णकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
कार्यविधि संवाददाता । ६ आश्विन २०७८, बुधबार १६:४६ बजे