आर्थिक वर्ष २०७८/०७९ काे जेठ महिनामा स्थापना भएकाे पूल सेक्टर नम्बर ५ कार्यालयले १ आर्थिक वर्षकाे समय अवधिमा एक काम गर्न सकेकाे छैन् ।
भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग पूल महाशाखा अन्तर्गत कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगर-८ खजुरास्थित पूल सेक्टर नम्बर ५ ले गत आर्थिक वर्ष २०७९/०८० मा एउटा पनि काम गर्न नसकेकाे नाम नबताउने शर्तमा कर्मचारी स्राेतले जानकारी दिए ।
कर्मचारी स्राेतका अनुसार साे अवधिमा दुई ठेक्काकाे सूचना निकालिएकाे थियाे । एउटा ठेक्का खारेज भयाे अर्काे ठेक्का खारेजीकाे प्रक्रियामा छ । २ इन्जिनियर ,१ सवइन्जिनियर,१ कम्प्युर अपरेटर, १ सुब्बा, १ लेखा , १ ड्राइभर र १ कार्यालय सहयाेगी सहित ८ जना कर्मचारी कार्यालयमा बिना काम बसेका छन् ।
कार्यालयमा कम्प्युर अपरेटर छ ,कम्प्युटर छैन् । ड्राइभर छ , गाडी छैन् । प्रिन्ट पेपर छ , प्रिन्ट मेसिन छैन् । कार्यालयका फर्निचर उधाराेमा छ ।
त्यस्तै पूल महाशाखाका प्रमुख सु.ई नरेशमान शाक्यले कार्यालय फेजकाे चरणमा रहेकाे र हाइड्राेपावरकाे कारण एउटा ठेक्का खारेज भएकाे हाे । याे वर्षदेखि याेजना अन्तर्गतका काम तिब्र गतिमा अगाडी बढाउने बताए ।
कार्यविधि संवाददाता । ८ श्रावण २०८०, सोमबार ०७:४१ बजे