सुर्खेतमा अध्यक्ष बिसी प्यानलको पुरै टिम बिजयी

नेपाल कम्पुनिष्ट पार्टी एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसीको पुरै टिम बिजयी भएको छ ।
सुर्खेत वीरेन्द्रनगरमा जारी एमालेको आठौँ अधिवेसनको निर्वाचनमा मंगलबार अध्यक्ष बिसीले खसेको ६ सय ४९ मतमध्ये ३६८ मत ल्याएर बिजयी भएको अधिवेशन निर्वाचन कमिटिले बताएको छ ।

यस्तै उपाध्यक्ष कुलमणि देवकोटाले ३ सय ९४ , सचिवमा कविन्द्र के.सीले ३ सय ९० र उपसचिवमा द्वय घनश्याम पाण्डे ३ सय ९१ र वल बहादुर नेपाली ३ सय ६९ मत ल्याएर बिजयी भएका छन् ।