६६ औँ प्रहरी दिवसकाे मुख्य दिन आज यसरी मनाइँदै

नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनको अवसरमा आज बुधबार ६६औँ प्रहरी दिवसकाे आज मुख्य दिन यसरी मनाइँदै छ ।

वि ‍.स.  २०१२ मा ऐन आएर प्रहरी संगठन औपचारिक रुपमा गठन भए पनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन सुरु गरियो । कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिता पाएको आज ६६ वर्ष पुगेको छ  । प्रहरी दिवस तीन दिनसम्म दिपावली गरेर मनाउने गरिन्छ । मंगलबारदेखि नै दिपावली तथा अन्य कार्यक्रम गरेर सुरु गरिएको छ ।

एक प्रहरी अधिकारी का अनुसार प्रहरी ऐन आएको दिन अर्थात औपचारिक रुपमा नेपाल प्रहरी गठन भएको दिनलाई प्रहरी दिवसका रुपमा मानिँदै आएको छ ।

  कर्णाली प्रदेश  प्रहरी कार्यालय,सुर्खेतका प्रवक्ता  प्र.उ. माधव प्रसाद माधव प्रसाद श्रेष्ठ प्रहरी दिवसलाई संगठनले आफ्ना गतिविधिको बारेमा मूल्यांकन गर्ने, नेपाल आमाका सपुतहरु, अमर प्रहरीलाई सम्झना गर्ने, सम्मान गर्ने, परिवारलाई सम्मान गर्ने, आफ्नो कर्तव्य पालनका सिलसिलामा घाइते भएका प्रहरी कर्मचारी पूर्वजहरु तथा वर्तमानहरुको सम्मान गर्ने, पूर्व प्रहरी अधिकृत र जवानहरुले विगतमा पुर्‍याएको योगदानको सम्मान गर्ने, उनीहरुले देखाएको सकारात्मक मार्ग निर्देशनमा अगाडि बढ्ने अठोट गर्ने , प्रहरी कमर्चारीले जुन उद्देश्य र कसम खाएर नेपाल प्रहरी प्रवेश गरेको थियो, देश र जनताको सेवा गर्न त्यो सेवा अझ विशिष्टिकृत सेवा गर्छौं भनेर कसम खाने दिनका रुपमा व्याख्या गर्छन् ।

‘जनताको सेवा रशान्ति सुरक्षा हाम्रो धर्म हो । अपराध नियन्त्रण तोकिएको जिम्मेवारी छ । विभिन्न प्रकोपमा परेकालाई उद्धार गर्ने छ । यसमा अझ हामीले भरपर्दो सेवा गर्न सकौं भनेर कसम खाने पनि दिन हो,’ उनी अझै व्याख्या गर्दै भन्छन् ।

प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयसहित प्रदेश र जिल्लादेखि इलाका प्रहरी कार्यालयसम्म विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ । ‘रक्तदान, सचेतना, सरसफाइ, वृक्षरोपणलगायत विभिन्न गरिरहेका छौं । यहीँ क्रममा उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत तथा जवानलाई सम्मानित गर्ने, कामको समीक्षा गर्ने हुन्छ । विभिन्न  विशिष्ट ब्यक्तिहरुकाे  उपस्थितिमा शहीद अमरप्रति सलामी, माल्यार्पणका काम हुन्छन्,’  श्रेष्ठले भने, ‘अमर प्रहरी परिवारलाई सम्मान प्रमाणपत्र तथा छात्रवृत्ति लगायत प्रदान गरिन्छ । यी विभिन्न गतिविधि गरेर मनाउँछौं ।’