आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिराहामा पार्टीभन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व रहेको छ ।
चारवटा संघीय तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट जम्मा २२४ जनाको उम्मेदवारी मध्ये ११९ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभाको लागि सिरहा क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारी परेका छन्। जसमध्ये १० जना स्वतन्त्र र १३ जना पार्टीका उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा जम्मा २३ जनाको उम्मेदवारी पर्दा १५ जना स्वतन्त्र र ८ जनामात्र पार्टीबाट उम्मेदवारी परेका छन् ।
त्यसैगरी, सिरहा ३ बाट जम्मा २२ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारमध्ये १४ जनाले स्वतन्त्र र पार्टीका ८ उम्मेदवार छन् । क्षेत्र नम्बर ४ बाट जम्मा १९ जना उम्मेदवारी दिएका छन्। जसमध्ये स्वतन्त्र ९ र दलका १० जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा सदस्यको लागि क्षेत्र नं. १ को ‘क’ बाट जम्मा १६ जना उम्मेदवारी पर्दा ६ जना स्वतन्त्र र १० पार्टीका उम्मेदवार छन् । ‘ख’ बाट जम्मा १४ जना उम्मेदवार जसमध्ये ६ जना स्वतन्त्र र ८ पार्टीका छन् ।
क्षेत्र नं. २ को ‘क’ बाट जम्मा १५ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये ८ जना स्वतन्त्र र ७ पार्टीका उम्मेदवार छन्। ‘ख’ बाट जम्मा १६ जनाको उम्मेदवारी पर्दा ९ जना स्वतन्त्र र ७ पार्टीका उम्मेदवार छन् ।
क्षेत्र नं. ३ बाट प्रदेश सभा सदस्यको ‘क’ बाट जम्मा १८ जनाले उम्मेदवारी दिँदा १३ जना स्वतन्त्र र ५ पार्टीका उम्मेदवारी परेको छ। ‘ख’ बाट जम्मा १४ जना उम्मेदवारी परेको छ। जसमध्ये ९ जना स्वतन्त्र र ५ पार्टीका छन् ।
प्रदेश सभा सदस्यको लागि क्षेत्र नं. ४ का ‘क’ बाट जम्मा १८ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये १० जना स्वतन्त्र र ८ पार्टीका छन् । ‘ख’ मा जम्मा १८ जना उम्मेदवारी परेको छ। जसमध्ये ११ जना स्वतन्त्र र ७ पार्टीका छन् ।
कार्यविधि संवाददाता । २५ आश्विन २०७९, मंगलवार १९:५५ बजे