मुगु : बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनाकाे सनाखत , परिचय खुल्याे

मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनाकाे सनाखत भई  परिचय खुलेको छ।

दुर्घटनामा   मुगु छायानाथ रारा नगरपालिका वडा ७ भुईर बस्ने लाल बहादुर सेजुवालको छोरी अन्दाजी १९ वर्षीया लग्न सेजुवाल लग्न सेजुवालको २ वर्षीय छोरा , नाम खुल्न बाकीँ  जयकला बमकीअन्दाजी २० वर्षीया मनदेवी बम, वडा १० झारकोट बस्ने दिर्घ बुढाकी छोरी अन्दाजी १८ वर्षीया पुजा बुढा , वडा ८ झ्यारी बस्ने कुशलाल वितालुको ३३ वर्षीय प्यारी वि.क,  सिगाडी बस्ने २२ वर्षीय सन्तोष वितालुकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

यस्तै,  वडा नम्बर १२ सोभा बस्ने नरविर साउँदका २२ वर्षीय छोरा छाँता साउँद , वडा ८ बस्ने चालक ३५ वर्षीय दानबहादुर रावल , वडा १० चराप बस्ने मानबहादुर खड्काको छोरी २० वर्षीया सरिता खड्का,  वडा १४ बाम बस्ने विर्ष सिंह बुढाका २२ वर्षीय छोरा कर्ण सिंह बुढा , सोरू गाउँपालिका वडा नम्बर ३ भि गाउँ बस्ने मान बहादुर कुमालका २५ वर्षीय छोरा मनरूप कुमाल ज्यान गएको छ ।

छाँयानाथ वडा १ बस्ने २३ वर्षीया चन्द्रादेवी मल्ल, वडा ६ बालै बस्ने अंख भामकी १९ वर्षीया छोरी राममाया भाम , वडा १० बस्ने बद्रिराम साउदका १८ वर्षीय छोरा अम्मर साउँद , वडा ११ रोवा बस्ने दानबहादुर बुढाका २२ वर्षीय छोरा प्रकाश बुढा , वडा ५ कार्किबाडा बस्ने २९ वर्षीय अजय कार्की  वडा ५ बस्ने प्रेम बहादुर रावतकी ३२ वर्षीया श्रीमती कमला वि.सी ( रावत ), वडा १० ज्युला बस्ने कृष्ण वि.कका २२ वर्षीय छोरा सुनबहादुर वि.क  वडा १४ सुम्ली बस्ने दानसिंह बुढाका १९ वर्षीय छोरा शिव बुढा,  वडा ७ तोप्ला बस्ने श्रीबहादुर शाहीकी २१ वर्षीया छोरी अमृता शाही   वडा ७ बस्ने मृतक अमृता शाहीका ४/५ वर्षीय छोरा  नाम खुल्न बाँकी ,  वडा १४ सुम्ली बस्ने रुपकन्य कार्कीका २० वर्षीय छोरा रूपसिंह कार्की , वडा ७ तोप्ला बस्ने २२ वर्षीय महेन्द्र शाहीकाे ज्यान गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पुष्टि गर्नु भएको छ ।

बाँके राझाँ बस्ने लक्ष्मी स्वर्णकारका २२ वर्षीय प्रदिप स्वर्णकार , छाँयानाथ रारा वडा १का १८ वर्षीय चन्द्रप्रकाश भाम,  वडा ७ बस्ने १२ वर्षीय आदित्य विक्रम शाह,  वडा ८ बस्ने २८ वर्षीय टोपबहादुर विष्ट , सोरू गाउँपालिका वडा ८ बस्ने २३ वर्षीय आईत सिंह कामी , छायानाथ वडा ८ झ्यारी बस्ने ३३ वर्षीया भगवती चन्द,  वडा ७ बस्ने धर्म बुढाका १६ वर्षीय सस्मिता बम , वडा १४ बस्ने तेज बहादुर भण्डारीका १८ वर्षीय छोरा बसन्त भण्डारी,  वडा ८ सिकाढी बस्ने बाचे बुढाकोा १८ वर्षीय छोरा नविन बुढा सहित  मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ३२ जनाको सनाखत भएको छ ।

११ जना घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ । दुई वर्षकी एक बालिकालाई भने सामान्य मात्रै चोट लागेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले  जानकारी दिनुभयो । हिजो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।