काठमाडौं । सिंहदरबारमा सोमबार ( आज )बसेको मन्त्रिपरिषद्ले पाँच निर्णय गरेकाे छ ।
सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । निगमका अध्यक्ष सुशिल घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै बैठकले नेपाल पुनर्विमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने निर्णय भएको छ । बैठकले कोरोना प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीले विभिन्न देशमा रिक्त राजदूत नियुक्ति चाँडै गरिने पनि बताएका छन् ।
कार्यविधि संवाददाता । ८ कार्तिक २०७८, सोमबार १९:४५ बजे