एमाले पार्टिले गर्याे काेशीमा पाँच मन्त्रालय दाबी

कोशी प्रदेशमा मुख्यमन्त्रीलाई समर्थन गरेको एमालेले सरकारमा  पाँच वटा मन्त्रालय माग गरेको हो।

मुख्यमन्त्री केदार शर्मालाई समर्थन गरेको एमालेले नौ सदस्यीय मन्त्रिपरिषद्मा सरकारमा पाँच वटा मन्त्रालय माग गरेको छ।

मुख्यमन्त्री  केदार कार्कीले दुई दिनअघि शपथ ग्रहण गरेलगत्तै कांग्रेसबाट शमशेर राई र एमालेबाट राम राना मन्त्री नियुक्त गरिसकेका छन्।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारमा आफूहरूको पाँचवटा मन्त्रालयमा दाबी रहेको बताए।

भोलि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ। मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यक्रम छ।

कार्की आफ्नो दलका ८ जना र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।