पछिल्लो २४ घण्टामा नेपालमा ५३३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६६४ नमुना (७४६८ पीसीआर र ४१९६ एन्टीजेन) परीक्षण गर्दा पाँच सय तेतिस जना संक्रमित थपिएका हुन् ।
सोही अवधिमा थप ९ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको मन्त्रालयका पुष्टि छ । ४९० जना निको भएका छन् । मुलुकको कूल संक्रमित संख्या ९३१८ छ ।
काठमाडौं जिल्लामा १६२, ललितपुरमा ५० र भक्तपुरमा १६ जना संक्रमित थपिएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दामाथि छ ।
मोरङ, सुनसरी, झापा, नुवाकोट, मकवानपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलालीमा सक्रिय संक्रमित २०० भन्दा माथि छ । मनाङ र मुगुमा कोरोना संक्रमण शून्य छ ।
कूल संक्रमित संख्या पीसीआर ८ लाख १३ हजार ११ र एन्टीजेन ९४ हजार ६२७ छ । निको हुने संख्या ७ लाख ९२ हजार २७७ तथा मृत्यु हुने संख्या ११ हजार ४१६ छ ।
कार्यविधि संवाददाता । १५ कार्तिक २०७८, सोमबार १७:२७ बजे