अन्तर्राष्ट्रिय वित्तीय केन्द्र दुबईसहित यूएईभर अब हप्तामा केबल चार दिन र आधा मात्र काम गर्नुपर्ने नियम ल्याइने भएको छ । अब त्यहाँ सरकारी कार्यालयदेखि स्कुलसम्म सबै शुक्रबार दिउँसो ठीक १२ बजे नै बिदा हुनेछन् । विश्वव्यापी व्यवसायलाई सहज पार्नका निम्ति यस्तो गर्न लागिएको हो ।
यो नियम आगामी जनवरी १ देखि नै लागू हुने बताइएको छ ।
मुसल्मान बाहुल्य मुलुक भएको हुँदा मानिसहरुलाई प्राथना गर्न दिनका लागि पनि शुक्रबार १२ बजेदेखि सबैलाई बिदा दिइने यूएईले जनाएको छ ।
सरकारी मात्र नभएर निजी क्षेत्रका कर्मचारीलाई पनि शुक्रबारका दिन आफूले चाहे अनुसारको समयसम्म काम गर्ने विकल्प दिइनेछ । यसमा घरबाटै काम गर्ने छुट समेत दिलाउने भनिएको छ । उनीहरुले आफ्नो व्यवसायलाई हेरेर कुन दिन सबैभन्दा उत्तम हुन्छ त्यही अनुसार कर्मचारीलाई बिदा दिन सक्ने सरकारतर्फका ‘ह्युमन रिसोर्स’ प्रमुख अब्दुल रेहमान अल अवरले बताए । युएइले यसरी कार्य सप्ताहमा हेरेफेर गरेको यो पहिलोपटक चाहिँ होइन । १९९९ देखि २००६ का बीच यूएईले बिहीबार र शुक्रबारका दिन सार्वजनिक बिदा दिने गरेको थियो । तर पछि गएर शुक्रबार र शनिबार बनाएको हो । सीएनएन
कार्यविधि संवाददाता । ४ पुष २०७८, आईतवार ०६:१६ बजे