सुर्खेत : वनभाेज खान गएका दुई जना भेरी नदीमा बेपत्ता

वीरेन्द्रनगरबाट भेरी नदि किनारनमा  वनभाेज  खान गएका दुई जना नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी (छवि) रहेको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले बताएकाे छ  ।

उनीहरू  दिउँसो ३ बजेदेखि भेरी नदीमा बेपत्ता भएको हुन्।  उनीहरूको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै वनभाेज खान गएका सुर्खेतका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले बताएका छन् । कार्कीले उनीहरूको खोजी कार्यका लागि गाेताखाेर सहित प्रहरी खटिएको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेको बताए ।