त्रिवि: पार्टीमा संलग्न शिक्षक, कर्मचारीलाई कारबाही गर्ने

राजनीतिक पार्टीमा संलग्न शिक्षक तथा कर्मचारीलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कारबाही गर्ने भएको छ।

क्याम्पसमा काम गर्न  छाेडेर राजनिती पार्टीको प्रतिनिधि बनेर अधिवेशन देखी महाधिवेशनमा सहभागी हुने त्यस्ता कर्मचारी तथा शिक्षकमाथि कारबाही गर्ने  चेतावनी दिएको हो ।

विभिन्न तहका कमिटीमै उम्मेदवारी दिने क्रम बढेपछि त्रिविकाे , कर्मचारी प्रशासन महाशाखाले  शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६७ विपरीत शिक्षक तथा कर्मचारी राजनीतिक दलमा प्रत्यक्ष जोडिएको प्रमाणित भएमा त्रिवि नियमअनुसार विभागीय कारबाही प्रक्रिया अगाडि बढाउने सुचना मार्फत जनाएको छ ।

त्रिवीकाे शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० अनुसार दलनिकट व्यवसायिक संगठन गठन गर्न पाउँने  तर राजनीतिक दलको सदस्यता लिन  नपाउँने व्यवस्था रहेकाे छ । कुनै शिक्षक तथा कर्मचारीले राष्ट्रिय वा स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेको खण्डमा  १५ दिनअगाडि नै राजीनामा दिनुपर्छ ।

राजनितिक तागतमा  त्रिविका कर्मचारी तथा शिक्षकले  प्रचलित कानून  भए पनि यसलाई चुनौती दिँदै महाधिवेशन प्रतिनिधिदेखि कमिटीको उम्मेदवारसम्म बन्दै आइरहेका छन्। निजामती, शिक्षकलगाएत  अन्य सेवामा पनि यस्तै रोग फैलिएकाे छ।

शिक्षक तथा कर्मचारी दलीय गतिविधिमा संलग्न भएको विषय चौतर्फी आलोचित भइरहेका बेला त्रिविले त्यसप्रति ध्यानाकर्षण भएको देखाएकाे  छ।

त्रिवि कर्मचारी प्रशासन महाशाखा यसाे भन्छ ,  ‘विश्वविद्यालयमा सेवामा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरू प्रचलित कानूनअनुसार राष्ट्र सेवकको परिभाषाभित्र पर्ने भएकाले त्यसरी निर्वाचनमा वा महाधिवेशनमा वा विधान अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनिितक दलसम्बन्धी ऐनविपरीत हुने भएकाले त्यस्तो कार्यमा सहभागी वा संलग्न नहुनु हुन सूचित गरिन्छ । ’