रेशमलाललाई जन्मकैदको फैसला, जेलबाट नछुट्ने

टीकापुर घटनाकाे आराेपी  रेशमलाल  चौधरीमाथिको जन्मकैदको सजाय सर्वोच्च अदालतले  सदर गरेको छ । यस अघि जिल्ला अदालत र उच्च अदालतले पनि  सदर गरेको थियाे ।

मंगलबार सर्वाेच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले टिकापुर घटनाका मुख्य दोषी चौधरीलाई यसअघि जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको सजाय सदर गरेको हो ।  No description available.No description available.

२०७२ भदौमा कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको निर्मम हत्या भएको थियो । उक्त हिंसात्मक घटनाका मुख्य आरोपी चौधरी रहेको जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायल ठहर छ । र, उक्त फैसलासँगै अहिले चौधरीले जन्मकैदको सजाय भोगिरहेका छन् ।

अदालतले फैसलापछि चौधरीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । तर, सर्वाेच्चले पनि जिल्ला र उच्च अदालतको फैसला सदर गरेको छ । सर्वाेच्चको फैसलासँगै उनी जेलबाट छुट्ने छैनन् ।