क्रिसमस पार्टी चलिरहँदा गणतन्त्र कंगोकाे एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट भएको कंगोका अधिकारीहरुले बताएका छन् ।
उक्त आत्मघाती बिस्फोटमा डेढ दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती बिस्फोट गराएका थिए । इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरुले सो बिस्फोट गराएको अधिकारीहरुले बताएका छन् ।
अहिलेसम्म कुनै आत्मघाती समूहले बिस्फोटको जिम्मा लिएकाे कुनै पनि सञ्चार माध्यमले बताएकाे छैन । बम बिस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । बिस्फोटको समयमा महिला र बालबालिका थिए ।बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ ।
कार्यविधि संवाददाता । ११ पुष २०७८, आईतवार ११:०८ बजे