नेपालमा एक दशक अघि शुरु भएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत सुर्खेतमा दलित समुदायले १ सय ३ नयाँ सुरक्षित घर पाएका छन् ।
आवासविहीन ,लोपोन्मुख , सिमान्तकृत ,दलित र विपन्न समुदायलाई आवास उपलब्ध गराउने ध्ये सहित यो कार्यक्रम प्रदेश सरकारलाई आव २०७५/ ७६ हस्तान्त्रण गरेको भएपनि गत आर्थिक वर्ष २०७७ /७८ देखि सुर्खेतमा ‘जनता आवस कार्यक्रम’ सुरु भएको थियो ।
जिल्ला प्रदेश निर्वाचन क्षेत्र जनता आवास समन्व समिति सुर्खेतले ४ सय ८० लाभग्राही छनौट गरेका मध्ये १ सय ३ दलित समुदायले गत माघ महिना सम्ममा नयाँ घर पाएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले बताएको छ ।
जिल्लाका नौ वटा स्थानिय पालिकामा ४ सय ८० लाभग्राही छनौट गरेका मध्ये सिम्ता गाउँपालिका २८ मा २१ , गुर्भाकोट नगरपालिका ६७ मा ५७ , वीरेन्द्रनगर नगरपालिका १ सय ८ मा ६ र पञ्चपुरी नगरपालिका ५१ मा १९ गरी १०३ दलित समूदायले २ वटा कोठा र १ ब्रण्डा भएको नयाँ घर पाएको र बाँकी ३ सय ७७ निर्माणधीन अवस्थामा रहेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका ‘जनता आवास कार्यक्रम’ शाखा प्रमुख इन्जिनियर रामचन्द विसिले बताएका छन् ।
कार्यक्रम प्रमुख इन्जिनियर विसी भन्छन् , ‘जनता आवासको माग बढी छ, न्युन बजेट छ र भवन निर्माणमा प्राविधिक जनशक्तिको अभावले सुर्खेतमा ‘जनता आवास कार्यक्रम’ मुख्य चुनौतिको रुपमा रहेको छ । ’
यस कार्यक्रम अन्तर्गत सरकारले कर सहित एक घर निर्माणका लागी रु ३ लाख ५० हजार अनुदान दिदैं आएको छ भने लाभग्राहीले आफ्नै खर्चमा चर्पि बनाउने कार्यविधिमा उल्लेख रहेको प्रमुख इन्जिनियर विसीले बताए ।
नयाँ सुरक्षित घर पाएका मध्ये सुर्खेत वीरेन्द्रनगर नगरपालिका -८ की भविसरा नेपालीले सरकारले घर बनाएकोमा खुसि हुँदै अन्तिम किस्ता नपाएको यस घरमा हाम्रो पनि १ लाख ५० हजार खर्च भएको बताइन् ।
कार्यविधि संवाददाता । ३ फाल्गुन २०७८, मंगलवार ११:२२ बजे