काठमान्डाैँ । २० हजारभन्दा बढी अमेरिकी डलर र अन्य विदेशी मुद्रासहित विमानस्थलमा एक भारतीय नागरिक प्रहरीले पक्राउ गरेका छ।
भारतीय नागरिक ४५ वर्षीय शतिस प्रशोतम सजनानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले मंगलबार पक्राउ गरेको हो। साढे २ बजे फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो।
शतिसले बोकेको झोलाबाट ३१ हजार ६ सय नेपाली रुपैयाँ , २० हजार १५० अमेरिकी डलर, इंग्ल्याण्ड पाउण्ड ५, जर्जिया लारी ५०, भारु १ सय, युएई दिराम १ हजार ३५५ बरामद भएको विमानस्थल प्रहरी बताएकाे छ।
उनलाई कारबाही र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ।
कार्यविधि संवाददाता । ११ फाल्गुन २०७८, बुधबार १४:३० बजे