आज विश्वकप क्रिकेट लिग-२ : नेपाल यूएईसँग दराे प्रतिस्पर्धा गर्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको अन्तिम खेलमा त्रिविकाे खेलमैदानमा नेपालले आज यूएईको  सामना गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि खेल सुरु हुदैछ ।  नेपालका लागि आजको खेल महत्वपूर्ण छ । आज यूएईलाई हराएमा नेपालले सोझै जुन–जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।

यो खेल नेपाली क्रिकेट इतिहासका लागि महत्त्वपूर्ण मानिएको छ ।

पराजित भएको खण्डमा नेपालले यही महिनाको अन्तिममा नामिबियामा क्वालिफायर प्लेअफ खेल्नेछ । नेपालको नजर नामिबिया नभएर जिम्बाब्वे भ्रमणमा छ । यो खेल नेपाली क्रिकेट इतिहासका लागि महत्त्वपूर्ण मानिएको छ।