सुर्खेत उवा संघको अध्यक्षमा थानी प्यानलका कँडेल विजयी

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा निवर्तमान महासचिव थानी प्यानलका लक्ष्मण कँडेल ४८ मत अन्तरले विजयी भएका छन् ।

कँडेलले ९११ मत ल्याएर विजयी  हुँदा प्रतिद्वन्द्वी  हर्ष विक्रम  खड्काले ८६३ मत प्राप्त गरेर पराजय भएका छन्  । वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेतले ९४१ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याएर पराजित भएका छन् । बाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावलले ९२० मत ल्याएर विजयी हुँदा  दिपेन्द्र ढकालले ७८४ मत ल्याएर पराजितभए । उद्योग उपाध्यक्षमा प्रेम पाण्डेले ८५७ मत ल्याएर पराजित हुँदा  सिंहराज वमले ८६७ मत ल्याएर विजयी भएका छन् ।

यस्तै,  महिला उपाध्यक्षमा तारा रावतले ८८२, महासचिवमा भद्र भण्डारीले ८७२, उपमहासचिवमा कृष्णप्रसाद सुवेदीले ८७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डेले ९३८ र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले ८६५ मत ल्याएर विजयी भएका नयाँ नेतृत्वका लागि गत  आइतबार सुर्खेत सिटी हलमा निर्वाचन भएकाे थियाे ।

जम्मा २०५८ मतदाता मध्ये निर्वाचनमा १८२४ मत खसेको थियो ।