आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको चुनावलाई लक्षित गर्दै डाेटीमा जाँडरक्सी बिक्री गर्न तथा खान निषेध लगाइएको छ ।
चुनावलाई स्वच्छ, निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा जाँडरक्सी ओसारपसारदेखि खान समेत पूर्णरुपमा निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताएकी छन् ।
कार्यविधि संवाददाता । १९ कार्तिक २०७९, शनिबार १२:११ बजे