मन्त्रीका पिएसोसहित दुई प्रहरीको मृत्यु

प्रदेश १ का श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामका पिएसोसहित दुई प्रहरीको  सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।

शनिबार  मोटरसाइकलमा सवार मन्त्रीका पिएसो प्रहरी हवल्दार दुर्गानन्द चौधरी र मोरङको धनपति बोडर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी सहायक हवलदार प्रकाश गोजेवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राइले बताए।

सुनसरीको कोशी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गको लौकहीमा पिक अफ भेनले ठक्कर दिँदा दिएको थियो।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२ च २६४९ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६० प ४४९२ नम्बरको भेनले ठक्कर दिएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिएका छन।

सप्तरीको सप्तकोसी नगरपालिका-३ घर भएका दुवैजना बिदामा घर गएर कार्यालय फर्कदै गर्दा दुर्घटनामा परेको बताइएको छ।

मोटरसाइकललाई ठक्कर दिने भेन चालक सुनसरी कोसी गाउपालिकाका २१ वर्षीय दिपक गोसाइलाई नियन्त्रणमा लिएर  अनुसन्धान थालिएको डिएसपी राईले बताए।