रुघाखोकी र ज्वरोले राष्ट्रपति भण्डारी अस्पताल भर्ना

 राष्ट्रपतिलाई शनिराबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

‘सामान्य स्वास्थ्य समस्या हो,’  ढकालले  भन्नुभयो, ‘डाक्टरहरुले विभिन्न परीक्षणको रिपोर्टहरु हेरिरहनुभएको छ ।’   शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई शनिबार अस्पताल भर्ना गरिएको हो ।