२८ लाख घुससहित इन्जिनियर र पलम्बर पक्राउ

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय  रामेछापका इन्जिनियर र पलम्बर  २८ लाख घुस सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्जिनियर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन् ।

दुबैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारी जानकारी दिए ।

उनीहरूलाई खानेपानी सम्बन्धी कामको भुक्तानी बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई नगद चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित मन्थली १, स्थित इन्जिनियरको निवासबाटै आज बुधवारै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।