बुलबुले ताल : सरसफाई नहुँदा जलकुम्भी र लेउले कुरूप बन्दै

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुलेताल संरक्षणको अभावमा दिनदिनै कुरूप बन्दै गएको छ । No description available.

उक्त ताल सरसफाई  नहुँदा जलकुम्भी र लेउका कारण कुरूप बन्दै गएको हो ।  करिब ३५ बिघामा फैलिएको उक्त ताल संरक्षण तथा सरसफाईका लागि स्थानीय तहको प्राथमिकतामा नपरेकाले कुरूप बन्दै गएको स्थानीय लाल बहादुर रावतले बताए ।

रारा ताल घुम्ने हाेस् वा  कामकाे शिलशिलामा कर्णाली प्रदेश आउँने जाे काेही सुर्खेतकाे प्रमुख पर्यटकीयस्थल बुलबुले ताल घुमेरै जान्छन्। याे  तालका साथै बुलबुले उद्यान क्षेत्र पनि भएकाले हिजाेआज दैनिक ६ सय देखि १ हजार सम्म मानिसहरु  बाहिरी जिल्लाबाट समेत पिक्निक खान आउने गरेकाे बुलबुले उद्यान क्षेत्र संरक्षणका कर्मचारी निर्मला चालिसेले बताइन   । No description available.No description available.

स्थानीय मानिससमेत उद्यानको आनन्द लिनका लागी  विशेषगरी बिदाको दिन र अन्य दिनसमेत पर्यटकको घुइँचो हुने गर्दछ ।

बुलबुले तालको नामले रचिएका विभिन्न गीतले समेत राष्ट्रिय रूपमा चिनिएको बुलबुले तालमा घुम्न आउने पर्यटकले यसअघि सोचे अनुरुप नपाउँदा मन खिन्न भएकाे धनगढीबाट घुम्न आएका एक पर्यटकले बताए ।

सदरमुकाम संग जोडिएको तालमा विभिन्न जातका माछा, चराचुरुङ्गी र फुलहरु छन् । पाँच वर्ष अघि तालमा डुंगा चलाउनका लागि २  ओटा डुंगा राखिएको थियो। No description available.

वीरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले आसन्न निर्वाचन पश्चात  तालको सरसफाइ गर्ने, तालको वरपरको         भत्काएका पर्खालहरु  निर्माण गर्ने तयारी भइरहेको बताए।